spot_img

एमाले अध्यक्ष ओलीद्वारा मतदान

spot_img

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिकाको बालकोटमा मतदान गरेका छन् । उनले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

झापा–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओलीले आफैंलाई मत दिन पाएनन् । उनले झापाबाट भक्तपुर बालकोटमा मतदाता नामावली सारेका कारण आफैंलाई मत दिन नपाएका हुन् । तर, समानुपातिकतर्फको मत भने दिन पाउनेछन् ।

मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले चुनावको राम्रो नतिजा आउने अपेक्षा गरेको छु । तरपनि युवाहरूलाई आवेग र भावनामा बगाउने खालका प्रयास भएका छन् ।

तर सचेत नेपाली जनताले परास्त गरेको देख्छु’,ओलीले मतदान गर्न बाँकी रहेका मतदाताहरूलाई पनि आग्रह गरेका छन् । उनले आजको दिन देशकै लागि महत्वपूर्ण रहेको पनि बताए ।  

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img