spot_img

एसपिपी हामीलाई स्वीकार्य छैन : कांग्रेसका महामन्त्री शर्मा

spot_img

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एसपिपी (स्टेट पार्टनरसीप प्रोगाम) स्वीकार्य नहुने बताएका छन्। उनले एसपिपी स्वीकार्य छैन भन्ने प्रष्ट कुरा अमेरिकालाई बताउनुपर्ने पनि उल्लेख गरेका छन्।

‘अमेरिकालाई प्रष्ट भन्नुपर्छ, एसपिपी हामीलाई स्वीकार्य छैन,’ बुधबार ट्वीट गर्दै उनले भनेका छन्, ‘कांग्रेसको धारणा पनि यही हो।’उनले कांग्रेस पार्टी र कांग्रेस नेतृत्वको सरकारको पनि धारणा एसपिपी अस्वीकार्य भन्ने रहेको बताएका छन्।

‘हामी साझा ढंगले प्रष्ट छौं। समुन्नतिमा सबैको साथ स्वीकार्य, सामरिक सहकार्यको रणनीतिक प्रस्ताव सदैव अस्वीकार्य,’ उनले भने।यसैबीच कांग्रेसका अर्का महामन्त्री गगन थापाले पनि एसपिपी आवश्यक नरहेको बताएका थिए।

उनले संसदमा उभिएर प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै शैलीमा एसपिपी सम्झौता हुँदैन, हुँदैन, हुँदैन भनेर यसबारे आएका भ्रम, भय र आशंकाका प्वाल हटाउनु आग्रह गरेका थिए।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img