काठमाडौं । सरकारले एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई जनही ६ लाख नगद पुरस्कार दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई प्रतिखेलाडी रू. ६ लाख र अफिसियललाई जनही रू. ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको हो ।
साथै कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय गुणस्तरमा विकास गर्न आवश्यक बजेट बिनियोजन गर्ने निर्णय गरिएको छ।
यो निर्णयले नेपाली क्रिकेट खेलाडीहरूलाई प्रोत्साहन र क्रिकेट खेलको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको प्रधानमन्त्रीले जनाएका छन् ।