spot_img

ग्यासमा दुई थरी मूल्य तोक्ने सरकारको तयारी

spot_img

सरकारले खाना पकाउने ग्यासमा दुई थरी मूल्य निर्धारण गर्ने तयारी गरेको छ । यस्तो व्यवस्था चाँडै गर्ने सरकारको तयारी छ । नेपाल आयल निगमले औद्योगिक प्रयोजनका लागि छुटै मूल्यमा र घरायसी प्रयोजनका लागि  सहुलियतमा ग्यास बिक्री गर्ने तयारी गरिरहेको जनाएको छ । 

नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले यसका लागि ग्यासको गन्ध र सिलिन्डरकव रंग फेर्ने तयारी भएको बताए । ‘गन्ध, रङ्ग र साइजका आधारमा चाँडै ग्यासको दोहोरो मूल्यमा जान्छौं’ उनले भने ।

अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य बढे पनि तत्काल नेपालमा भने मूल्य बढाउने तयारी नरहेको उनले बताए । 

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img