spot_img

जगजित दुई वर्षपछि बन्द प्रशिक्षणमा

spot_img

अफ्रिकी राष्ट्र मौरिससविरुद्ध  हुने दुई मैत्रिपूर्ण खेलका लागि जगजित श्रेष्ठ र आशिष राई राष्ट्रिय फुटबल टोलीमा थप हुँदा सन्तोष तामाङ भने बाहिरिएका छन् । 

jaga

नेपालका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले चोटका कारण नियमित सदस्य समेत रहेका त्रिभुवन आर्मी फुटबल क्लबका सन्तोषलाई बाहिर राख्दै आर्मीकै जगजित र च्यासल यूथ क्लबका आशिषलाई थप गरेका हुन् । 

आशिषले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पहिलो पटक स्थान बनाएका हुन् भने सन् २०१३ यता राष्ट्रिय टोली बाहिर रहेका जगजित सन् २०१९ यता बन्द प्रशिक्षण बाहिर छन् । 

जारी सहिद स्मारक ए डिभिजन लिगमा आर्मी क्लबको प्रतिनिधित्व लिँदै उत्कृष्ट प्रदर्शन गरेपछि जगजित टोलीको बन्द प्रशिक्षणमा पुनरागमन गरेका हुन् । आधा दशक यता जगजित सह परिवार अष्टे«लयामा बस्दै आएका छन् । 

नेपालले अफ्रिकी राष्ट्र मोरिसससँग दशरथ रंगशालामा १५ र १८ माघमा दुई मैत्रीपूर्ण खेल खेल्दैछ । मोरिसस नेपालको पहिलो अफ्रिकी प्रतिद्वन्द्वी हो ।

नेपाली टोलीले पछिल्लो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल ३–० ले पराजित भएको थियो ।


प्रारम्भिक चरणमा पर्न सफल खेलाडीः 
किरणकुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, सत्र घन चौधरी, टिकेन्द्र थापा, आशिष लामा, आयुश घलान, आकाश बुढामगर, अनन्त तामाङ, एरिक विष्ट, अञ्जन विष्ट, विमल घर्तीमगर, विशाल राई, दर्शन गुरूङ, देवेन्द्र तामाङ, दिनेश हेम्जन, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, रितिशरत्न छुन्जु, मनिष डांगी, नवीन गुरूङ, नितिन थापा, पुजन उपरकोटी,सुभाष गुरूङ, सुदिप गुरूङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजजिउ ठकुरी, सुशील राई, तेज तामाङ, जगजित श्रेष्ठ, आशिष राई

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img