spot_img

दोहोरीमा प्रथम हुनेलाई ५ लाख पुरस्कार

spot_img

प्रतियोगितामा प्रथम हुनेले नगद पुरस्कार ५ लाख, दोस्रो हुनेले नगद ३ लाख, तेस्रो हुनेले २ लाखसँगै मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् ।

काठमाडौं । ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ यही चैत २५ देखि ३० गतेसम्म काठमाडौंको टुँडिखेलमा आयोजना हुने भएको छ । नेपाली कला संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवद्र्धन गर्ने उद्देश्यले डीएआर मुभिजले महोत्सव गर्न लागेको हो ।

महोत्सवमा प्रतियोगिता र जिल्लाको स्थानीय कला संस्कृति झल्किने झाँकी प्रस्तुत गरिने भएको छ । यसअघि आयोजक संस्थाले २०७६ सालमा ऐतिहासिक राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव गरेको थियो ।

यसपटक ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ लाई १० लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजकले जनाएको छ । दर्शकले निःशुल्क रुपमा महोत्सव अवलोकन गर्न पाउने भएका छन् । विभिन्न सम्मानसहितको सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गीतका प्रतिष्ठित कलाकारको सहभागिता हुने जनाइएको छ ।

प्रतियोगितामा प्रथम हुनेले नगद पुरस्कार ५ लाख, दोस्रो हुनेले नगद ३ लाख, तेस्रो हुनेले २ लाखसँगै मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् । कार्यक्रमको अन्तिम दिन डिजे तेञ्जिङको प्रस्तुति रहने छ ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img