काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि नामिबियाले दिएको २०७ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर १८६ रन मात्रै बनाउन सक्यो।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ कप्तान रोहित पौडेलले ४२ र सोमपाल कामीले कामीले २६ रन बनाए पनि टिमलाई जिताउन सकेनन्।