spot_img

नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा

spot_img

काठमाडौँ: आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत जारी खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयकाे अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६५ रन बनायो । मलेसियाले राम्रो सुरुवात गरे पनि मध्यक्रमका ब्याटर चल्न सकेनन् । उसका लागि ओपनर एवम् विकेटकिपर सैयद अजिजले सर्वाधिक ६८ रन बनाए । उनले ४९ बलमा दुई छक्का र आठ चौका प्रहार गरे । साथै जुवैदी जुल्किल्फले २४, शाविन मेनाइडी र विजय उन्नीले समान १३/१३ रन बनाए ।

नेपालका लागि अविनाश बोहोराले चार विकेट लिए भने सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले एक/एक विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४ विकेटको क्षतिमा १६८ रन बनायो।
नेपालका लागि कुसल भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौका सहित ४३ रनको योगदान दिए भने आसिफ शेखले ३२ रनको योगदान दिए।
त्यस्तै कुसल मल्लले ३४ बलमा सर्वाधिक ७ छक्का र २ चौका सहित ६५ रन बनाए।
मलेसियाका लागि मुहमद अमिरले सर्वाधिक ३ विकेट लिए।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img