spot_img

प्रधान सेनापति शर्मा लेवनान प्रस्थान

spot_img

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणको लागि लेवनानतर्फ प्रस्थान गरेका छन्। शनिबार बिहान प्रधान सेनापति शर्माको नेतृत्वमा रक्षा सचिवसहित सात सदस्यीय टोली लेवनान गएका हुन्। 

द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला बढाउन र युएन मिसनहरूको विविध पक्ष एवं भावी योजनाको बारेमा जानकारी लिन सो टोली लेवनान प्रस्थान गरेको नेपाली सेनाले जानकारी दिएको छ।

प्रधान सेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआईपी कक्षमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गरेका थिए। टोलीले शनिबार देखि असार १० गते शुक्रबार सम्म संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली सैनिकहरू तैनाथ लेवनान र त्यसपछि सिरियाका मिसनको निरीक्षण भ्रमण गर्नेछन्। 

मिशनहरूको वस्तुस्थिती, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्था लगायत अन्य विविध पक्षहरूका बारेमा जानकारी लिने नेपाली सेनाले जनाएको छ। भ्रमणका क्रममा प्रधान सेनापति शर्माले लेवनान, सिरिया, युएनआइएफआइएल र  युएनडिओएफ मिशनका उच्च पदस्थ अधिकारीसँग भेटघाट गर्नेछन्। 

यो भ्रमणपछि प्रधान सेनापति शर्मा अमेरिकाको औपचारिक भ्रमणको लागि जाने तालिका छ। उनी त्यहीबाट असार १३ गते देखि १७ गते सम्मको औपचारिक भ्रमणका लागि अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। 

उनीसहित पाँच सदस्यीय भ्रमणदल अमेरिका जानेछन्। उनको भ्रमण अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन्। प्रधानसेनापति शर्मा असार १९ गते नेपाल फर्किनेछन्।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img