spot_img

मिस नेपालको उपाधि प्रियंका रानी जोशीलाई

spot_img

काठमाडौँ- प्रियंका रानी जोशी यो वर्षको मिस नेपालको उपाधि जितेकी छिन् । मिस नेपाल नम्रता श्रेष्ठले उनलाई ताज पहिर्‍याएकी छिन् ।

ललितपुरको गोदावरीमा नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना गरिएको समारोहमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए । विभिन्न ९ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरिएको थियो ।

उनीहरुलाई ११ जना निर्णायकहरुले प्रश्न सोधेका थिए । द हिडन ट्रेजरले आयोजना गरेको प्रतियोगितामा सरिशा श्रेष्ठले मिस नेपाल अर्थ र न्यान्सी खड्काले मिस नेपाल इन्टरनेशनलको उपाधि जिते ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img