spot_img

रवि लामिछानेले टेलिभिजन छाडे, काठमाडौं ३ बाट चुनाव लड्ने सम्भावना

spot_img

काठमाडौं-पत्रकार रवि लामिछाने राजनीतिमा आउने भएका छन्। ग्यालेक्सी फोर के टेलिभिजनमा ‘सिधा कुरा’ कार्यक्रमका सञ्चालक लामिछानेले टेलिभिजन छाडेका हुन्।

‘टेलिभिजनबाट औपचारिक बिदाइ कार्यक्रम भयो’, लामिछानेले भने, ‘आज मेरो अन्तिम एपिसोड प्रशारण हुनेछ, ह्याण्डओभर कार्यक्रम गर्दैछु।’

लामिछानेले आफूले राजनीतिमा लाग्ने निधो गरेको समेत बताए। उनले कुन राजनीतिक दलबाट आफू उम्मेदवार बन्न लागेको भन्ने खुलाएनन्।

‘म भोलिदेखि सरसल्लाह गर्नेछु। आउँदो असार ७ गते राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर कस्तो राजनीति र कुन क्षेत्रबाट लड्ने लगायतका विषयमा प्रष्ट पार्छु, लामिछानेले भने, ‘मलाई धेरै राजनीतिक दलबाट प्रस्ताव आएको छ।

तर मलाई अहिलेका राजनीतिक दलहरूमा त्यतिधेरै चासो छैन। तर म सल्लाहको चरणमा छु।’ उनले आफू स्वतन्त्र रूपमा राजनीतिमा लाग्ने सोचमा समेत नरहेको बताए।

‘एक्लै स्वतन्त्र जाने सोच छैन’, लामिछानेले भने, ‘बरू भएका स्वतन्त्रहरूलाई जोड्ने योजना बनाउँदैछु।’ लामिछाने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव लड्ने अड्कलबाजी समेत भइराखेको छ।

लामिछानेका ससुरा उद्दव पौडेल केहीदिन अघि मात्र कमल थापाको पार्टीबाट राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा फर्किएका थिए।पारिवारिक सम्बन्धका कारण उनी राप्रपाबाट चुनाव लड्ने अड्कलबाजी चलिरहेको छ।

लामीछाने काठमाडौंको क्षेत्र नं ३ बाट चुनाव लड्ने तयारीमा रहेको बुझिएको छ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img