spot_img

सशस्त्रका इन्स्पेक्टर डाक्टर सुजितलाई कारबाही गर्ने गृहको तयारी (सूचनासहित)

spot_img

गृह मन्त्रालयले सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुजितकुमार साहलाई कारबाही गर्ने तयारी गरेको छ। सर्लाही हरिपूर्वा नगरपालिका वडा नम्बर ९ का साह बलम्बुस्थित एपिएफ अस्पतालमा कार्यरत छन्।

उनी वैशाख १३ गतेदेखि बिदा स्वीकृत नगराई अस्पतालमा अनुपस्थित रहेको गृह मन्त्रालयले आज जारी गरेको सूचनामा उल्लेख छ।पदीय जिम्मेवारी एवं आचरण विपरीत कार्य गरेको देखिएको भन्दै उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने गृहको तयारी छ।

कारबाही गर्न नपर्ने कुनै कारण भए सात दिनभित्र सफाइ पेश गर्न पनि गृहले साहलाई समय दिएको छ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img