नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को तेस्रो खेलमा हङकङलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को तेस्रो खेलमा नेपालले हङकङलाई ८ विकेटले हराएको हो ।
अल अमेरत मैदानमा टस जितेर नेपालले फिल्डीङ रोजेको थियो। नेपालले उत्कृष्ट बलिङ र फिल्डीङ प्रदर्शन गर्यो । वर्षाका कारण केही ढिलो सुरु भएको खेल १८ ओभरमा झारिएको थियो । तर हङकङ इनिङको १ बल बाँकी रहँदै १ सय १४ रनमा अलआउट भयो ।
हङकङका लागि अंशुमन रथले सर्वाधिक ३४ रन जोडे ,
जिशान अलीले १४, एहसान खानले ११ निजाकत खानले १२ जोडे।
नेपालका लागि अभिनाश बोहोराले ३ तथा ललित राजवंशीले एक मेडनसहित २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले अन्तिम २ बलमा २ विकेट तथा करण केसीले १ विकेट हात पारे ।
सामान्य लक्ष्य पछ्याएको नेपालले २ विकेटको क्षतिमा ३४ बल वाकी रहँदै लक्ष्य भेट्टाएको थियो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले १९ बलमा ३२ र जोडे उनले ३ चौका र २ छका प्रहार गरे ,
यस्तै आसिफ सेखले १८ बलमा ३ चौका र ३ छका प्रहार गर्दै सर्वाधिक ४० रनको योगदान दिए।
कप्तान रोहित पौडेलले ३ चौकाको मदतमा २० बलमा २५ रन जोडे
सन्दीप जोराले १७ बलमा १९ रन प्रहार गरे। उनले एक चौका र एक छका प्रहार गरे।
हङकङका लागि इसान खान र यसिम मुर्ताजाले एक एक विकेट लिए।
नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।