काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि ब्युटिसियन शर्मिला बुढाथोकीले जितेकी छिन् । शनिबार नाचघरमा रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्धारा आयोजित कार्यक्रममा बुढाथोकीले ताज सहित २५ हजार रुपैयाँ र विभिन्न उपहार प्राप्त गरिन् । उनी नेलअर्ट प्रतिस्पधामा पनि उत्कृष्ट भईन् ।
अग्रज सौन्दर्यकर्मी सोनी कारँजितको सभापतित्वमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरी, राष्ट्रिय सभाकी सांसद रुक्मणी कोईराला, लयन्स एल ३२५ डिस्ट्रकका नव गभर्नर सुमन भट्टले उद्घाटन गरेको सो कार्यक्रममा १५ हजार रुपैयाँ सहित फस्ट रनरअप र मोस्ट ट्यालेन्ट अवार्ड निशा थापाले प्राप्त गरिन्।
यस्तै १० हजार रुपैयाँ सहित सेकेन्ड रनरअप र बेस्ट हेयर स्टाइल अवार्ड अम्बिका तुलाधर अधिकारीले, थर्ड रनरअप र बेस्ट हेयर केमिकल टेक्निशियन अवार्ड रजनी राईले प्राप्त गरिन्।
अन्य विधाको प्रतिस्पर्धामा विमली तामाङले भिवर्य च्वाइस, बेष्ट ड्रेस र इन्नोसेन्ट व्युटिसियन अवार्ड, एलिशा फुयालले पब्लिक च्वाइस र फोटोजेनिक अवार्ड, सञ्जु तामाङले मोस्ट बब्लीसहित मल्टिमिडिया अवार्ड हाँसिल गरिन् ।
अग्रज सञ्चारकर्मी दिनेश डिसीले सञ्चालन गरेको कार्यक्रममा गायक नमराज ढुँगाना, आर्जन पाण्डे, देबेन्द्र बराल, मुना ठटाल, नारायण थापा, गायिका सुजाता केसीले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेका थिए । यस्तै अभिनेत्री प्रतीक्षा काफ्ले र व्युटिसियन श्वेता श्रेष्ठ मगरले नृत्य प्रस्तुत गरे ।