spot_img

करेन्ट लागेर २६ वर्षीय युवाको ज्यान गयो

spot_img

करेन्ट लागेर काठमाडौंको सुन्दरीजलका एक युवाको मृत्यु भएको छ।

मेलम्ची खानेपानी आयोजनाको काम गरिरहेका गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ सुन्दरीजलका २६ वर्षीय सनम तामाङको करेन्ट लागेर मृत्यु भएको हो।

मंगलबार अपरान्ह ४ बजेतिर उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेपछि उपचारका लागि उनलाई नेपाल मेडिकल कलेज अत्तरखेल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको छ। शवलाई पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको प्रहरीले जनाएको छ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img