spot_img

लामखुट्टेले हैरान बनायो ? यस्ता छन् भगाउने घरेलु उपाय

spot_img

गर्मी मौसम छ। लामखुट्टेको बिगबिगी छ। लामोखुट्टेको टोकाइबाट बच्ने सबैभन्दा उत्तम उपाय झुलको प्रयोग हो। धुप मानिसको स्वास्थ्यको लागि त्यतिकै हानिकारक हुन्छ। यहाँ केही यस्ता घरेलु चिजहरुको बारेमा चर्चा गरिएको छ, जसको गन्ध लामखुट्टेले मनपराउँदैन।

लसुन
लुसनको गन्धको नजिक लामखुट्टै आउँदैन। साथै लसुन खानु पनि लामखुट्टेको टोकाइबाट बच्नु हो।

तुलसी
अधिकांस नेपालीको घरमा भेटिने तुलसी स्वास्थ्यको लागि फाइदाकारी मात्र होइन लामखुट्टे धपाउन काममा पनि प्रयोग गर्न सकिन्छ। यसको गन्धको नजिक लामखुट्टे आउँदैन। तुलसीको पेस्ट बनाएर हात खुट्टामा दल्दा छालालाई त फाइदा गर्छ नै लामखुट्टेले पनि टोक्न सक्दैन।

पुदिना
त्यस्तै पुदिनाको रस लगाउँदा पनि लामखुट्टेले टोक्न सक्दैन।

लेमनग्रास
कागती जस्तै बास्ना आउने यो झारको गन्धले लामखुट्टे भाग्छ। विशेषगरी खानामा फ्लेभर थप्न र विभिन्न औषधीको रुपमा प्रयोगमा आउने लेमनग्रासको रस लगाउँदा लामखुट्टेले टोक्न सक्दैन।

नीम
लामखुट्टेबाट बच्न नीमको प्रयोग सबैभन्दा उत्तम तरिका हो। यसको रस वा तेल लगाउँदा लामखुट्टेले टोक्न सक्दैन।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img