काठमाडौंमा दुई जनामा हैजाको विरामी भेटिएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा २ जेठमा भर्ना भएका दुई जना विरामीमा हैजा रोग पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार १८ र २३ वर्षका दुवै जना काठमाडौं महानगरपालिका–२८ का एउटै परिवारका सदस्य हुन् । उनीहरुको टेकु अस्पतालमा उपचार भइरहेको छ ।
गर्मी तथा वर्षायाममा झाडापखाला, हैजा तथा पानीजन्य रोगहरु फैलिने भएकाले सतर्क रहन मन्त्रालयले अपील गरेको छ ।