बिहीबार सेयर बजार परिसूचक नेप्सेमा ७५ अंकमाथिको वृद्धि भएको छ । यस दिन परिसूचक ७४.९३ अंकले बढ्दै २ हजार ३७.६४ अंकमा उक्लिएको हो ।
केहीदिन यता निरन्तर उकालो लाग्न थालेको नेप्सेमा अघिल्लो दिन पनि ४१ अंकको सुधार भएको थियो । झण्डै ७५ अंकले बढेको बजारमा आज आधा दर्जनमाथिका कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २ अर्ब ४५ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन ट्रेडिङ समूहको उपसूचक अधिकतम ७.३१ प्रतिशतले वृद्धि भएको छ भने फाइनान्स समूह ६.९८ प्रतिशतले र विकास बैंक समूह ६.१३ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै, म्यानु एण्ड प्रो ५.१२ प्रतिशतले, अन्य समूह ५.९२ प्रतिशतले, होटल तथा पर्यटन ४.८८ प्रतिशतले, हाइड्रोपावर ४.८६ प्रतिशतले, माइक्रोफाइनान्स ४.८१ प्रतिशतले, निर्जीवन बीमा ४.७८ प्रतिशतले बढेको छ ।
इनभेष्टमेन्ट समूह र जीवन बीमा समूह क्रमशः ३।३९ प्रतिशतले र ३।०६ प्रतिशतले बढेको बजारमा आज बैंकिङ समूह २.२० प्रतिशतले र म्यचुअल फन्ड समूहको उपसूचक २.६७ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।