spot_img

यी हुन् शून्य बेरुजु हुने तीन स्थानीय तह

spot_img

मुलुकभर तीनवटा स्थानीय तहले शून्य बेरुजु बनाएका छन् । तीमध्ये प्युठान जिल्लामा दुई स्थानीय तह छन् । हालै सार्वजनिक महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन अनुसार प्युठानको सरुमारानी र मल्लरानी गाउँपालिकाको बेरुजु रकम शून्य रहेको हो ।

ताप्लेजुङको सिरजङ्गा गाउँपालिका पनि शून्य बेरुजु भएको स्थानीय तह बनेको छ । सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि रेग्मीले शून्य बेरुजु गर्न सफल भएकोमा खुसी व्यक्त गरे ।

शून्य बेरुजुको स्थानीय तह बनाउने उद्देश्य थियो, सफल भयौँ,” उनले भने  । कर्मचारी र जनप्रतिनिधिको कुशल समन्वयका कारण बेरुजु शून्यमा झार्न सफल भएको उनले बताए ।

प्रतिवेदनअनुसार प्युठानका अन्य सात स्थानीय तहको बेरुजु तीन प्रतिशतभन्दा कम छ । महालेखापरीक्षकको कार्यालयको अन्तिम लेखापरीक्षणमा चार प्रतिशतभन्दा कम बेरुजु हुने स्थानीय तहलाई आर्थिक अनुशासन र वित्तीय सुशासन राम्रो भएको मानिन्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img