spot_img

निःशुल्क छात्रवृत्तिका लागि सीटीईभीटीद्वारा आवेदन माग

spot_img

काठमाण्डौ- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न शैक्षिक कार्यक्रममा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।

सीटीईभीटीले प्रमाणपत्र र डिप्लोमा तहमा गरी २ हजार ९ सय १३ जना र प्रि-डिप्लोमा तहमा १ हजार ८ सय १४ गरी ४ हजार ७ सय २७ जना विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति दिने भएको हो ।

आज एक सूचना निकालेर सीटीईभीटी अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले निःशुल्क छात्रवृत्तिका लागि अनलाइन आवेदन खुलाएको हो ।

आउँदो साउन २९ गतेसम्म आवेदन भर्न सकिनेछ । शैक्षिक सत्र २०७९र०८० मा डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवम् भर्ना सम्बन्धी निर्देशिका–२०७० अनुसार परिषदबाट सम्बन्धन प्राप्त आङ्गिक, साझेदारी, टेक्स तथा निजी शिक्षालयहरूमा अध्ययन गर्न छात्रवृत्ति उपलब्ध गराउन लागिएको सूचनामा उल्लेख छ ।

साउन १५ देखि खुला हुने अनलाइन आवेदन फारमका लागि डिप्लोमा तथा प्रमाणपत्र तहको एक हजार रुपैयाँ र प्रि(डिप्लोमा तहको पाँच सय रुपैयाँ प्रवेश परीक्षा शुल्क तोकिएको छ ।

एसएलसी तहको परीक्षामा ६८ दशमलव ३३ प्रतिशत तथा एसईईमा गणित, अङ्ग्रेजी र विज्ञान विषयमा न्यूनतम सी ग्रेड तथा अन्य विषयमा न्यूनतम डी ग्रेड प्राप्त गरी २ जीपीए ल्याएका विद्यार्थीहरूले सीटीईभीटीको छात्रवृत्तिका लागि आवेदन दिन पाउनेछन् ।

प्रि-डिप्लोमा तहका लागि एसएलसी वा त्यस सरहको परीक्षा तथा एसईईमा न्यूनतम ई ग्रेड प्राप्त विद्यार्थीहरूले छात्रवृत्तिका लागि आवेदन दिन पाउनेछन् । 

हेर्नुहोस् सूचना :

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img