spot_img

दाइको नाममा परीक्षा दिदैँ गरेका भाइ प्रहरीको फन्दामा

spot_img

रौतहट– रौतहटबाट अर्काको नाममा परीक्षा दिने एक जना पक्राउ परेका छन् ।

चन्द्रपुर नगरपालिका–६ स्थित जनज्योति बहुमुखी क्याम्पसमा संचालन भइरहेको बिबिएस दोस्रो वर्षको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा राजदेवी नगरपालिका –१ बस्ने २० वर्षीय राजन तिवारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

तिवारीले आफ्नो दाइको नाममा परीक्षा दिइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उक्त क्याम्पसमा नक्कली प्रशिक्षार्थीले परीक्षा दिइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट प्रहरी टोली खटिएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img