सोलुखुम्बु -देलेक चिल्ड्रेन फाउन्डेशन यूएसए र शेर्पा बालबालिका सहायता संघले सोलुखुम्बुको २०० बढी विद्यार्थीलाई कपडा वितरण गरेका छन् ।
उक्त गैरसरकारी संस्थाहरुले जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका १ र २ नम्बर क्षेत्रका २१० जना विद्यार्थीहरुलाई गाउँपालिका अध्यक्ष असिम राईको विशेष उपस्थितीमा ट्रयाकसुट र जुत्ता वितरण गरेका हुन् ।
जसमा जोगरा क्षेत्रका ३४ जना, रुकुराका २५ जना, सिमखर्कका १५ जना, ठुलो ढुंगाका १४ जना, देविस्थानका ३६ जना, काँगेल बाउन्डीका ४५ जना बालबालिकाहरुलाई बुधबार एक कार्यक्रमका विच जुत्ता वितरण गरिएको शेर्पा बालबालिका सहायता संघका अध्यक्ष निमा शेर्पाले बताए ।
यस्तै बुद्ध आधारभुत विद्यालय घुर्मिसेका ४० जना बालबालिकालाई ट्रयाकसुट वितरण गरिएको बताइएको छ । जसबाट न्यून आयस्तर भएका परिवारलाई राहत मिलेको अभिभावकहरुले बताएका छन् ।