काठमान्डौ। नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल प्रवासी श्रमिक मञ्चको महासचिवमा तेज प्रसाद सुवेदी निर्वाचित भएका छन् ।
शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित प्रथम प्रथम सम्मेलन वाट तेज प्रसाद सुवेदी महासचिवमा निर्वाचित भएका हुन् ।
पार्टी स्थायी समिति सदस्य जयपुरि घर्तीको प्रमुख आतिथ्यमा सम्पन्न भएको सम्मेलन बाट दुर्गा प्रसाद खतिवडा अध्यक्षमा चयन भएका छन्।
सम्मेलनबाट १९ सदस्यीय कार्यसमिति समेत चयन गरिएको छ। अरु सदस्य बिस्तारै थप गर्दै लैजाने आयोजक समितिले जानकारी दिएको छ।