spot_img

ट्रम्पविरुद्ध ३४ वटा गम्भीर अपराधका अभियोग

spot_img

न्युयोर्क । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अश्लिल चलचित्रकी नायिकसँगको यौनसम्बन्ध दबाउन भारी रकम भुक्तानी गरेको, झुठा व्यावसायिक विवरण तयार पारेको लगायत ३४ वटा गम्भीर अपराधका अभियोग लगाइएको छ ।

न्युयोर्कको एक अदालतले सन् २०१६ मा भएका ती घटनालाई लिएर मङ्गलबार पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध ती अभियोग लगाएको हो । अदालतमा उपस्थित उनले ती अभियोगहरूमा आफू दोषी नरहेको दाबी गरेका छन् ।

अमेरिकाको इतिहासमा फौजदारी अपराधको मुद्दा खेप्ने पहिलो पूर्वराष्ट्रपति उनको औँठा छाप मात्र लिइएको थियो । उनका कानुन व्यवसायीले विश्व प्रख्यात उनको अनुहारको तस्बिर लिन आवश्यक नभएको बताएका थिए । अभियोजकहरूले पनि उनको तस्बिर नलिई ट्रम्पलाई अदालतमा प्रस्तुत गरेका थिए ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img