काठमाडौं। काठमाडौं महानगरपालिकाले घरको सटरमा सञ्चालन भइरहेको बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ । उक्त पेट्रोल पम्प मापदण्ड विपरीत ५ वर्षदेखि सञ्चालन हुदै आएको थियो।
पेट्रोल पम्प घरकाे सडकपेटीमा रहेकाले पेट्रोल भर्नेहरुकाे लाइन सडक मैहुने गरेको थियो।
पम्पका सञ्चालकले अदालतबाट स्टे अर्डर ल्याएर पम्प सञ्चालन गर्दै आइरहेका थिए।