spot_img

नेपालले दियो जिम्बावेलाई २९१ रनको लक्ष्य

spot_img

काठमाडौं । विश्वकप क्रिकेट छनोट अन्तर्गत जिम्बावे विरुद्ध भएको खेलमा नेपालले जिम्बावेलाई २९१ रनको लक्ष्य दिएको छ।

नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९० रनको योगफल तयार पारेको हो। जिम्बावेको हरारेमा भइरहेको खेलमा कुशल भुर्तेल ९९ रन बनाएपछि बोल्ड हुन पुगे । ९५ बल खेलेका उनले १३ चौका र २ छक्का प्रहार गरे ।


कुशलले आसिफ शेखसँग १७१ रनको साझेदारी गरे । यो साझेदारी ओडीआई क्रिकेटमा नेपालको कीर्तिमानी साझेदारी हो ।
नेपालका लागि असिफ सेख ६६ ,कुशल मल्ल ४१ , रोहित पौडेल ३१, आरिफ सेख १०, गुलसन झा १३ रन बनाए।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img