बालुवाटारको ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको सीआईबीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ ।
जग्गा हडप्न सरकारी कागजात किर्ते गरेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको हो।
ललिता निवासको ११३ रोपनी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
हडपिएको जग्गाको अहिलेको बजार मूल्य १३ अर्ब ७६ करोड रुपैयाँ कायम गरिएको छ ।