कोशी प्रदेशमा एमाले नेतृत्वमा रहेको प्रदेश सरकार ढलेको छ। एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेको हो ।
सरकारमा सहभागी दल माओवादी केन्द्रले समर्थन फिर्ता गरेपछि शुक्रबार मुख्यमन्त्रीकोे विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभाबाट अस्वीकृत भएसँगै कार्की नेतृत्वको सरकार ढलेको हो ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्थ्यो । कार्कीको पक्षमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेशसभा सदस्यले मत दिए । उनको विपक्षमा ४३ मत परेको छ । नेपाली कांग्रेसका, माओवादी केन्द्र र एकीकृत समाजवादीले विपक्षमा मतदान गरे । मतदानमा ८९ जना सांसद सहभागी थिए ।