spot_img

११ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२३: चलचित्र “भाग्य ” को अफिसियल स्क्रिनिङ हुँदै ।

spot_img

काठमाडौं। असार २३ देखि २५ असारसम्म काठमाडौंको जमलस्थित नाचघरमा ‘११ औँ नेपाल-अफ्रिका फिल्म फेस्टिबल–२०२३’ हुँदैछ।
कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनको आयोजना र चलचित्र विकाश बोर्ड एवम् विलक्षण क्रियसनको सह आयोजनामा यही २३ देखि २५ असारसम्म काठमाडौंको जमल स्थित नाचघरमा ‘११ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२३’ हुने लागेको हो।
यसपटक महोत्सबमा ११ वटा मुलुकका १० वटा अफ्रिकन चलचित्र तथा बृत्तचित्र चयन भएका छन् । यस्तै नेपालबाट १२ वटा चलचित्र तथा बृत्तचित्र चयन भएको छन् ।
महोत्सबमा नेपालबाट चारवटा फिचर फिल्म, दुई वटा बृत्तचित्र, तीन वटा सर्ट फिल्म र तीन वटा स्टुडेन्ट फिल्म चयन भएका छन् । जसमा फिचर फिल्म तर्फ दिनेश राउत निर्देशित प्रकाश, परिच्छेद सेन निर्देशित प्रेमगञ्ज, शम्भु थापा निर्देशित हुक्का र रोशन कुमार निर्देशित भाग्य रहेका छन् । बृत्तचित्र तर्फ रोशनी केसी निर्देशित समर्पण र भिमलाल श्रेष्ठ निर्देशित फेरी रहेको छ । यस्तै सर्ट फिल्ममा बिलक्षण क्रियसन निर्मित परिवर्तन, सुमन दाहाल निर्देशित परिवार, प्रधुम्न मिश्र निर्देशित दुविधा रहेका छन् । स्टुडेन्ट समुहको सर्ट फिल्म प्रतिस्पर्धामा सुन्दर योञ्जन निर्देशित ऐजेरु, सामल कुमार बज्राचार्य निर्देशित हावाम्यान र अम्बिका भण्डारी निर्देशित कलुवा रहेको छ ।
महोत्सव जमलस्थित सांस्कृतिक संस्थान (नाचघर) तीन दिन चल्ने छ। २३ असार शनिबार ११ बजेबाट १२ः३० सम्म उद्घाटन समारोह रहेको यो महोत्सबमा सोही दिन १ बजेबाट तीन दिनसम्म यी २२ वटा फिल्म प्रदर्शन गरिने छ। २५ गते सोमबार ३ः३० बजेबाट महोत्सव समापन तथा अवार्ड समारोह आयोजना गरिने महोत्सव निर्देशक क्षत्रीले बताएका छन्।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img