spot_img

जतिसुकै शक्तिशाली भएपनि सार्वजनिक जग्गा हडप्ने लाई कारबाही हुनुपर्छ : गगन थापा

spot_img

काठमान्डौ। सांसद गगनकुमार थापाले जतिसुकै शक्तिशाली भए पनि सार्वजनिक जग्गा हडप्ने लाई कारबाही हुनुपर्ने बताएका छन्। बुधवार प्रतिनिधिसभाको बैठकमा थापाले यस्तो बताएका हुन्।

‘हामीले घटना हेरेर, प्रकरण हेरेर आफ्ना निर्णय र मतहरू बनाउनुहुँदैन । जोसुकै होस्, जतिसुकै शक्तिशाली होस्, राजनीतिक शक्ति होस् कि आर्थिक शक्ति होस्, नेपालको सार्वजनिक जग्गा कसैले हडप्छ भने सजाय पाउनु पर्दैन ? दण्ड पाउनु पर्दैन ?,’ थापाले भने, ‘सुशासनको आजको दिनको मन्त्र भनेको कानुन, विधिको शासन चाहे जग्गा मिच्ने होस्, जग्गा हडप्ने होस्, चाहे नागरिकताको किर्ते गर्ने होस्, चाहे सहकारीमा ठग्ने होस्, यताको होस् कि उताको होस्, जुनसुकै दलको होस्, दलभन्दा बाहिरको होस्, जतिसुकै शक्तिशाली होस् कसैले पनि उन्मुक्ति पाउनुहुन्न ।”

उनले एउटा नेपाली नागरिकले गलत गर्दा जे दण्ड पाउँछ शक्तिशालीलाई पनि कानुन त्यसरी नै लागु हुनुपर्ने बताए । नेपाल सरकारले यो बाटो समात्दै गयो भने विश्वासको वातावरण बनाउन सक्ने उनको भनाइ थियो।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img