spot_img

डायस्पोरालाई नेपालको कला संस्कृति सँग जोड्ने पुल बनेका छन् गायक सिवाकोटी

spot_img

काठमान्डौ। परम्परागत नेपाली लोक र शास्त्रीय संगीतको मधुर धुनले घेरिएको नेपालको झापा जिल्लामा जन्मिएका हुन् तुलशी शिवाकोटी। यही जन्मेर हुर्के पनि कामको सिलसिलामा विदेश पुगेका उनी उतै बसेर नेपाली साङ्गीतिक क्षेत्रमा निरन्तर लागी रहे। भौगोलिक दूरीको बाबजुद पनि शिवाकोटी नेपाली साङ्गीतिक जरासँग गहिरो रूपमा जोडिएका छन्। जीवनको उर्वर समय काम र सङ्गीतमा खर्चिएका उनी हाल जर्मनीमा बसोबास गर्छन्।

421099223 360044340141913 6471606147085276247 n 2

शिवाकोटीले नेपाली सङ्गीत लाई विदेशमा पनि प्रवर्द्धन गर्न भूमिका निर्वाह गरेका छन्। उनले ३० भन्दा बढी देशहरूमा आफ्नो साङ्गीतिक प्रस्तुति दिइसकेका छन्। करिब २० भन्दा बढी गीतमा आवाज भरिसकेका सिवाकोटीको चट पटेको ठेला, म त मान्छे सिधा सादा लगायतका गीतहरू चर्चित छन्। पछिल्लो समय रिलिज गरिएको चटपटेको ठेला बोलको गीतले सफलता प्राप्त गरेपछि उनले नेपाली मौलिक शब्दका गीत सङ्गीत बजारमा ल्याउने बताएका छन्।

maxresdefault

नेपाली सङ्गीत प्रतिको अटुट मायाकै कारण श्रोता दर्शकले माया गरेको उनको भनाई छ। उनले नेपाली गीत सङ्गीत तथा कला संस्कृतिको विदेशमा पनि प्रचारको आवश्यकता महसुस गरेका छन्। पछिल्लो समय साङ्गीतिक क्षेत्रमा देखिएका विकृतिलाई नियन्त्रण गरिनु पर्ने उनको राय छ। विदेशमा रहेका नेपालीको मन जित्न सफल गायक शिवाकोटीले विभिन्न चुनौती पार गर्दै यो स्थान सम्म आइपुगेको बताउँछन्।

प्रवासमा रहे पनि शिवाकोटीले नेपाली सङ्गीत प्रतिको गहिरो माया कायम मात्र राखेका छैनन्, डायस्पोरालाई नेपालको कला संस्कृति सँग जोड्ने पुल पनि बनेका छन् ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img