spot_img

हङकङलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

spot_img

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को तेस्रो खेलमा हङकङलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को तेस्रो खेलमा नेपालले हङकङलाई ८ विकेटले  हराएको हो ।  

अल अमेरत मैदानमा टस जितेर नेपालले फिल्डीङ रोजेको थियो।  नेपालले उत्कृष्ट बलिङ र फिल्डीङ प्रदर्शन गर्‍यो । वर्षाका कारण केही ढिलो सुरु भएको खेल १८ ओभरमा झारिएको थियो । तर हङकङ इनिङको १ बल बाँकी रहँदै १ सय १४ रनमा अलआउट भयो ।

हङकङका लागि अंशुमन रथले सर्वाधिक ३४ रन जोडे , 

जिशान अलीले १४, एहसान खानले ११  निजाकत खानले १२ जोडे।  

नेपालका लागि अभिनाश बोहोराले ३ तथा ललित राजवंशीले एक मेडनसहित २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले अन्तिम २ बलमा २ विकेट तथा करण केसीले १ विकेट हात पारे ।

सामान्य लक्ष्य पछ्याएको नेपालले २ विकेटको क्षतिमा ३४ बल वाकी रहँदै लक्ष्य भेट्टाएको थियो।  

नेपालका लागि ओपनर कुशल भुर्तेलले १९ बलमा ३२ र जोडे उनले ३ चौका र २ छका प्रहार गरे , 

यस्तै आसिफ सेखले १८ बलमा ३ चौका र ३ छका प्रहार गर्दै सर्वाधिक ४० रनको योगदान दिए।  

कप्तान रोहित पौडेलले ३ चौकाको मदतमा २० बलमा २५ रन जोडे 

सन्दीप जोराले १७ बलमा १९ रन प्रहार गरे।  उनले एक चौका र एक छका प्रहार गरे।  

हङकङका लागि इसान खान र यसिम मुर्ताजाले एक एक विकेट लिए।  

नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img