spot_img

चन्द्रागिरि नगरपालिकामा “सम्पदा पदयात्रा ” हुने

spot_img

काठमाडौँ- चन्द्रागिरि नगरपालिकाका युवाहरूको सञ्जाल चन्द्रागिरि हाइकर्स कमिटी (सिएचसि) ले चन्द्रागिरि नगरपालिका भित्र रहेको धार्मिक, ऐतिहासिक एवम् सांस्कृतिक सम्पदाहरूको पर्यटकीय प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘सम्पदा पदयात्रा’ आयोजना गर्ने भएको छ ।

पालिका भित्र रहेका महत्त्वपूर्ण पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन गर्न वैशाख २२ गतेका दिन नगरपालिकाका सबै वडामा रहेका सांस्कृतिक एवम् ऐतिहासिक महत्वका सम्पदाहरूको अवलोकन गर्ने गरी “सम्पदा पदयात्रा” आयोजना गर्न लागिएको सिएचसीले जनाएको छ ।

”आफ्नो गाउँ ठाउँमा रहेका सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याउनु नगरवासीको कर्तव्य हो । यी सम्पदाहरूको संरक्षणमा युवाहरूको भूमिका बुझाउन र स्वास्थ्यका लागि हिँडाइ आवश्यक छ भन्ने सन्देश दिन यो सम्पदा पदयात्रा गर्न लागेका हौ’’ कमिटिका अध्यक्ष प्रशन्न मान गोपालीले भने। 

सम्पदा पदयात्रा आगामी वैशाख २२ गते बिहान ६ बजे नगरपालिकाको कार्यालयबाट सुरु हुने छ । पदयात्राका लागि रुट समेत निर्धारण गरिएको छ ।

नगरपालिकाबाट सुरु भएको पदयात्रा बालम्बु त्रिवेणी घाट ,गणेश स्थान, राधाकृष्ण मन्दिर, बुद्ध पार्क, महालक्ष्मी मन्दिर, त्रिभुवन पार्क, माता तीर्थ मच्छेगाउँ, टौखेल, विष्णुदेवी मन्दिर हुँदै नैकापको खेलमैदानमा आएर समापन हुने अध्यक्ष गोपालीले जानकारी दिए ।

सम्पदा यात्राको दुरी  २२ किलोमिटर रहेको र वैशाख २२ मा हुने पदयात्रामा २२ सय बढी पैदल यात्री सहभागी हुने बताइएको छ ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img