काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
बैठकको निर्णयबारे जानकारी दिँदै उनले सङ्घीय संसद्का दुई ठुला दल कांग्रेस र नेकपा (एमाले) मिलेर नयाँ सरकार बनाउने सहमति गरेपछि प्रधानमन्त्री दाहालले मार्ग प्रशस्त गर्दा उपयुक्त हुने बताए ।
कांग्रेस र एमाले बिच सत्ता समीकरणका लागि सोमबार सहमति भएको थियो ।