spot_img

झम्सिखेलमा खुल्यो व्यवसाय तथा लगानी सम्बन्धी परामर्श दिने गोले बिजनेस कन्सल्टेन्ट कम्पनी

spot_img

ललितपुर। सम्पूर्ण किसिमका व्यवसाय तथा लगानी सम्बन्धी परामर्श, सञ्चालन एवम् व्यवस्थापन गर्ने उद्देश्यले ललितपुरको झम्सिखेलमा गोले बिजनेस कन्सल्टेन्ट प्रा.ली. कम्पनीको शुभारम्भ गरिएको छ।

शुक्रवार प्रमुख अतिथि सजनी अमात्य पनेरुले रिबन काट्दै कार्यालयको उद्घाटन गरेकी हुन्। कम्पनीले सम्पूर्ण किसिमका कम्पनी, एन.जी.ओ, एन.पी.ओ दर्ता, उद्योग, घरेलु वाणिज्य दर्ता, प्यान/भ्याट तथा ट्रेडमार्क दर्ता, नवीकरण तथा खारेजी, शेयर लागत, कम्पनी खरिद बिक्री र अद्यावधिक लगायतका कार्यहरू गरिने बताएको छ।

कम्पनीले आन्तरिक लेखा परीक्षण, व्यवस्थापन तथा प्रतिवेदन तयार गर्ने , एक्जिम कोड दर्ता , नवीकरण ,मु.अ.क कर विवरण भर्ने, राजश्व दाखिला गर्ने, अग्रिम कर कट्टी तथा कर चुक्ताको लागि आवश्यक परामर्श एवम् सहजीकरण गर्नुका साथै आवश्यकता अनुसार कर्जा सम्बन्धी सल्लाह तथा सुझाव पनि प्रदान गरिने कम्पनीका प्रबन्ध निर्देशक राजकुमार गोलेले बताए।

कम्पनीमा प्रबन्ध निर्देशक राज कुमार गोले सँगै सि.ए.लालकाजी बुढा मगर,सि.ए.रन्जित कुमार मन्डल, सि.ए. सुजन सुवेदी र अधिवक्ता शम्भु बहादुर गोलेको अनुभवी टिम रहेको बताइएको छ।

WhatsApp Image 2025 01 03 at 7.58.41 PM
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img