spot_img

अवैध रूपमा अमेरिका प्रवेश गर्न खोज्ने दुई नेपालीमाथि गोली प्रहार

spot_img

अमेरिका प्रवेश गर्ने प्रयासमा रहेका दुई नेपाली नागरिकमाथि गोली प्रहार गरी पक्राउ गरिएको छ। अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी)को एयर एण्ड मरीन अपरेसन्स (एएमओ) टोलीले गत साता मंगलबार राति क्यालिफोर्नियाको सान डिएगो क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

सीबीपीका अनुसार, डुंगामा सवार भई अवैध रूपमा अमेरिका छिर्न खोज्ने क्रममा उनीहरूमाथि गोली प्रहार गरिएको थियो। घटनापछि घाइते नेपाली नागरिकसहित नौ जना आप्रवासीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा चार ब्राजिलियन, दुई मेक्सिकन, दुई नेपाली, र एक चिनियाँ नागरिक रहेका छन्।

पक्राउ परेका नौ जना वयस्क पुरुषहरूलाई तटीय क्षेत्रबाट बाहिर निकालेर आवश्यक प्रक्रियाका लागि सम्बन्धित निकायको जिम्मा लगाइएको सीबीपीले जनाएको छ। उनीहरूको परिचय भने सार्वजनिक गरिएको छैन। सीबीपीले आफ्नो वेबसाइटमार्फत उक्त घटनाबारे जानकारी दिएको हो।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img