spot_img

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधन

spot_img

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधि सभा सांसद दीपक बोहराको निधन भएको छ। काठमाडौंस्थित ओम अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले सांसद बोहराको निधनको पुष्टि गरेका छन्। बोहरा २०७९ मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए। उक्त निर्वाचनमा उनले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गरेका थिए।

बोहरा पछिल्लो दुई वर्षदेखि बिरामी थिए। उनको निधनप्रति राप्रपासहित विभिन्न राजनीतिक दलका नेताहरूले शोक व्यक्त गरेका छन्।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img