spot_img

मलद्वारमा लुकाएर पौने ४ किलो सुन तस्करी, चार जना पक्राउ

spot_img

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब पौने चार किलो सुनसहित चार जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरु उज्वेकिस्तानका नागरिक हुन् ।
उनीहरु दुबईबाट आएको फ्लाई दुबईको एफजेएड ५७५ नम्बरको विमानमा काठमाडौँ अवतरण गरेका थिए। अध्यागनको जाँच पास गरेर बाहिरिएका उनीहरूलाई प्रहरीले टर्मिनल गेटमा नियन्त्रणमा लिएको थियो।

प्रहरीले नियन्त्रमा लिएका व्यक्तिहरूको राहदानीमा अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ नाम उल्लेख छ ।

बुधबार राति पौन ९ बजेतिर पक्राउ परेका उनीहरूबाट प्रहरीले ३ किलो ७४५ ग्रााम सुन बरामद भएको छ। पक्राउ परेका चारै जनाको मलद्वारबाट पौने चार किलो सुन बरामद भएको हो। सानो–सानो गुच्चाको आकारमो डल्लो बनाएपछि उक्त सुन चारै जनाले मलद्वारमा लुकाएर दुबईबाट काठमाडौं ल्याइपुर्‍याए हुन्।

चार जानबाट २४ वटा गुच्चा आकारका डल्लामा सुन बरामद भएको छ । पक्राउ परेका तीन महिला भरिया रहेको देखाएको छ । पक्राउ परेका एक पुरुष भने मालिक रहेको देखिएको छ ।
बरामद सुन र पक्राउ परेका चारै जनालाई विमानस्थल भन्सार कार्यालय बुझाउने प्रहरीको तयारी छ ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img