वीरगञ्ज। खसीको मासु भनेर बाख्राको मासुमा खसीको अण्डकोष सिलाए बिक्री गरेको आरोपमा वीरगञ्जबाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरगन्ज–१३ निवासी ४१ वर्र्षी हारुन मिँया अन्सारीरहेका छन्।
वडा प्रहरी कार्यालय श्रीपूरको टोली फ्रेस हाउसमा पुग्दा सञ्चालक हारुनले बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर बेचिरहेको फेला परेका थिए।
प्रहरीले सञ्चालक हारुनसहित खसीको अण्डकोष टाँसिएको १५ केजीको बाख्राको मासुसमेत नियन्त्रणमा लिएको छ।