spot_img

नयाँ बसपार्क छेत्रमा यात्रु र सर्वसाधारणलाइ विभिन्न बहानामा हैरानी

spot_img

काठमाडौँ -देशका अधिकांश  जिल्ला देखी काठमाडौँ भित्रिएपछि पहिलो पटक पुग्ने स्थान हो गोङ्गबु स्थिति नयाँ बसपार्क।  वैदेशिक रोजगारीमा जाने र आउनेहरूको पनि आइपुग्ने स्थान भएकाले नयाँ बसपार्क काठमाडौँकै व्यस्त  स्थानमा पर्छ।  

तर उपत्यका भित्रिने अधिकांश मानिस आइपुगे नयाँ बसपार्क छेत्रमा भने यात्रु र सर्वसाधारण विभिन्न बहानामा हैरानी खेप्नु परिरहेको छ।  

होटेल मिलाइदिने भन्दै सर्वसाधारण यात्रुलाई जबरजस्ती झोला तानेर हैरानी दिने बिचौलिया (गाइड), डान्स बारमा ग्राहक तान्न राखिएका बिचौलिया, सानो जानकारी भन्दै विभिन्न कम्पनीका सामान बिक्री गर्ने, रेस्टुरेन्टमा युवती राखेर बढी रकम असुल्ने, डान्स बार र दोहरी साझको नाममा सुतेका व्यक्तिलाई चर्को ध्वनिका कारण नयाँ बसपार्क आउने यात्रु र सर्वसाधारणले हैरानी खेप्दै आएका छन्।  

बिचौलिया (गाइड)का कारण त नयाँ बसपार्क छेत्र सुरक्षा चुनौतीका रूपमा रहँदै आएको छ।  

यस छेत्रमा जो गाइड नाम दिइएको बिचौलियाहरू छन् उनीहरूले सर्वसाधारणलाई हैरानी दिने मात्रै नभएर लागू औषध देह व्यापार जस्तो जघन्य अपराध को पनि बिचौलिया को भूमिका निभाएको प्रस्ट देखिन्छ ।  

डान्स बारमा एउटा जुस पिएर दशौँ हजार बिल तिर्नेहरू आफ्नै बदनाम हुने डरले उजुरी समेत गर्न डराउछ्न।  

स्थानीय एक होटेल सञ्चालकका अनुसार दैनिक कोही न कोही सर्वसाधारण विभिन्न बहानामा ठगिएकै हुन्छन्।  

गत वर्ष जिल्ला प्रहरी परिसर काठमाडौँले सार्वजनिक गरेको तथ्याङ्क हेर्दा उपत्यकामा धेरै चोरी हुने स्थानको दोस्रो नम्बरमा बालाजु छेत्र परेको थियो।  जसमा बसपार्क छेत्र पनि पर्छ।  

कूल १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा देशका विभिन्न भागबाट दैनिक एक हजारभन्दा बढी बस आवतजावत गर्दै आएका छन् । नयाँ बसपार्क क्षेत्रमा हाल ५०० भन्दा बढी होटेल, ५० भन्दा बढी दोहोरी साँझ रेस्टुरेन्ट र एक हजारभन्दा बढी खाजा घर सञ्चालनमा छन् ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img