spot_img

पत्रकारका लागि तीनदिने फोटो पत्रकारिता तालिम सुरु

spot_img

काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीद्धारा संयुक्त रुपमा सञ्चालित परियोजना जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)को आयोजना, राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)को सहकार्यमा मंगलबारदेखि काठमाडौंमा भएको छ।

तालीममा विभिन्न सञ्चारमाध्यममा कार्यरत ५५ जना पत्रकारहरुको सहभागिता रहेको छ। तालिम उद्घाटन सत्रमा बोल्दै नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले परियोजनाले पर्यटन क्षेत्रमा विभिन्न तालिम सञ्चालन गरिरहेको सन्दर्भमा फोटो पत्रकारका लागि यो तालिम आयोजना गरिएको र यसले पर्यटन वीटमा कलम तथा क्यामेरा चलाउने पत्रकारहरु लाभान्वित हुने अपेक्षा गरिएको बताए ।

सहभागीलाई बुधबार सुन्धारा,बसन्तपुर,रानी पोखरी लगायतका स्थानमा लगि प्रयोगात्मक कक्षा सञ्चालन गरिने एनएफपीजेका सदस्य तथा तालिम संयोजक प्रदीप कुमार श्रेष्ठले जानकारी दिए ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img