spot_img

रवि लामिछानेको बयान सकियो, कहिले हुन्छ थुनछेक बहस?

spot_img

कास्की । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको वयान जिल्ला अदालत कास्कीमा सकिएको छ । न्यायाधिश नीतिज राईको इजालासमा बिहीबार र शुक्रबार दुई दिन गरी रविको वयान लिईएको थियो। यानका क्रममा न्यायाधीशले उनलाई २६ भन्दा बढी प्रश्न गरेका थिए ।

रविसहित पूर्वडिआईजी छविलाल जोशी र लिला पछाईको वयान सकिएको छ ।पूर्वसांसद मिना गुरुङ, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, आरती गुरुङको बयान लिन बाँकी छ । आइतबारदेखि पुनः वयान सुरु हुनेछ । सबैको वयान सकिएपछि मात्रै थुनचेक बहस हुनेछ।
लामिछाने पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमै छन् । उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा रु २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच र सहकारी ठगीतर्फ रु तीन करोड ३७ लाख ६५ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको छ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img