spot_img

रोल्पाका पूर्व वडाध्यक्षको रसिया-युक्रेन युद्धमा मृत्यु

spot_img

रोल्पा – रोल्पा जिल्लाको सुनछहरी गाउँपालिका-५ जैमाकसलाका पूर्व वडाध्यक्ष तिर्खबहादुर बुढाथोकीको रसिया-युक्रेन युद्धमा ज्यान गएको छ।

बुढाथोकी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए। २०७९ सालको निर्वाचनमा पुनः वडाध्यक्ष पदका लागि उम्मेदवारी दिए पनि पराजित भएपछि उनी रोजगारीका लागि रसिया गएका थिए।

उनको जीवन पनि संघर्षपूर्ण रह्यो। द्वन्द्वकालमा उनी नेपाली सेनामा कार्यरत थिए। तर, माओवादीको प्रभाव क्षेत्र रहेको आफ्नो गाउँमा सेनामा बस्दा असुरक्षित महसुस गरेपछि अभिभावकको सल्लाहमा उनले राजीनामा दिएका थिए।

तर, जीवनको अर्को मोडमा पुग्दा, युद्धको भूमिमा रहँदा उनले ज्यान गुमाउनुपर्‍यो। बुढाथोकीको मृत्युको खबरले परिवारसहित गाउँ नै शोकमा डुबेको छ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img