spot_img

के एसइओ र डिजिटल मार्केटिङ्गले नेपालमा महिला सशक्तिकरण गर्न सक्छ?

spot_img

काठमाडौँ । सम्पूर्ण देश नै IT र Digital Marketing अंगालेर अघि बढीरहँदा एउटा प्रश्न अवश्य पनि सबैको मनमा उठेको हुनुपर्छ। देश digital बन्दै गर्दा यसले हाम्रो देशका बहुसंख्यक नारीहरुलाई घरधन्दा र चुलाचौका बाट माथि उठेर आफ्नो, परिवारको र देशकै सम्मुन्नतिमा सहभागी गराउन सक्ला त?

हामीले दैनिक रुपमा स्क्रोल गर्ने social media platform हरुमा साना नानीहरु, जवान युवतीहरु हरु देखि हजुरआमा सम्मका व्यक्तिहरुलाई आफ्ना भावना र कला प्रस्तुत गरिरहेको देख्छौं। यसले देशकै महिलाहरुलाई प्रतिनिधित्व गरेको छ र उनीहरु कसरि digital platforms मा अभ्यस्त भइरहेका छन् भन्ने थोरै भएपनि जनाकारी दिन्छ।

नेपाली महिलाहरु आफुले जानेसम्म digital युग मा आफुलाई ढाल्ने प्रयास गरिरहेका छन्। कसैले यसलाई प्रगतिको सानो खुड्किला मानेका छन् त कसैले विकृतिको संज्ञा दिएका छन्। जे भए पनि समय अनुसार चल्नु नै मानव इतिहासको एक मात्र उदेश्य हो र उनीहरु समय अनुसार पाइला सारिरहेका छन्।

यसरी digital संसारमा जोडिएका नेपाली महिलाहरुलाई पनि केहि शिप र आय आर्जन गर्न सकिने बाटो देखाउन सके एक महिला मात्र होइन उनीसंग जोडिएका परिवार, समाज र सिंगो राष्ट्रले नै त्यसको फाइदा बटुल्न सक्ने कुरा नकार्न सकिंदैन।

परिवार र बालबच्चाको भबिष्यको लागि खाडीमा पसिना बगाउन जान आँट गर्ने महिलाहरुले घरमै बसेर प्रविधिको प्रयोग गर्दै आय आर्जन गर्ने ज्ञान पाउन सके उनीहरुको जीवन नै स्वर्ग बन्न जान्छ। हामी भृकुटी र सीताको कुरा गर्छौं , तर करोडौँ भृकुटी र सीताहरुको सपना कोपिलामै मर्दा केवल समानताका गफ हान्दै , समानता सम्भव नहुने तर्कमै विवाद गरिरहेका छौ।

के आमाले हामीलाई हुर्काउने बेलामा आफ्नो माया र कर्तव्यमा कन्जुस्याई गर्नु भयो र? त्यसैले त हामी आमालाई भगवान् भन्दा माथिको दर्जा दिन्छौं। र आज का बालिका, युवती र महिलाहरु सबै यहि भगवानको रुप हुन्। त्यसैले अब कुरा होइन काम गर्नुपर्ने बेला आएको छ। महिलाहरुको निम्ति digital प्रविधि को ज्ञान र यसबाट आय आर्जन गर्ने बाटो देखाउनु
एकदमै जरुरी छ।

देशले outsourcing र freelancing बाट विदेशी मुद्रा आर्जन गर्दै गर्दा यसमा नगण्य मात्रामा महिला हरुको पनि योगदान छ। सीप सिक्ने र काम गर्ने अवसर पाए अरु धेरै महिला जनशक्तिले यसमा योगदान दिन सक्छन।

सजिलै गर्न सकिने Data-Entry देखि एकदमै जटिल Programming र Software Development का काममा पनि नेपाली नारीहरुले आफुलाई अब्बल प्रस्तुत गरिसकेका छन्। अब केवल चेतना फैलाउने र अवसर बढाउने काम गर्नु पर्ने छ। निजी क्षेत्र बाट सिमित व्यक्तिहरुले सुरुवात गरिसकेका छन् र यसमा नीति-निर्माण को तहबाट सरकारको पनि प्राथमिकतामा पर्यो भने एक दशक मै हाम्रो देशका महिलाहरुको जीवनस्तरमा कायापलट हुन्छ।

नेपाली नारीहरुले IT अथवा Digital Marketing कसरी सिक्न सक्छन त?
यदि कम्प्युटर र इन्टरनेट को पहुँच छ भने जसले पनि सित्तैमा यस्तो सीप सिक्न सक्छन्। नेपाली तथा विदेशी Content Creator हरुले Video र Blog का माध्यम बाट यस्ता सिप सिकाइरहेका छन्। यस्तो सीप सिक्न IT अथवा Engineering कै degree चाहिंदैन। कुनै पनि बिषय पढेकाले यस्तो सीप सिक्न सक्छन। यस्ता सीप सिकेर सुरुमा Junior Assistant level को काम गर्दै थप experience बढाउँदै जाँदा नयाँ नयाँ अवसर पनि खुल्दै जनछन।

SEO बाट सुरु गरेर Digital Marketing का थप कुराहरु सिकेर आफुलाई अब्बल बनाउन सकिन्छ र आफ्नै Agency सुरु गरेर अरुका निम्ति पनि रोजगारका अवसर सिर्जना गर्न सकिन्छ। यस्ता training हरु YouTube मा पनि प्रशस्तै पाइन्छ।

नेपाली भाषा मै SEO सिक्न को लागि Rambabu Thapa को YouTube Channel राम्रो श्रोत हुन सक्छ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img