अष्ट्रेलिया – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दैनिक हजारौँ युवा विदेश पलायन भइरहेका छन् । कोही रोजगारीको शिलसिलामा त कोही अध्ययनका लागि । यहि भिड भित्र करिब सात वर्ष अघि अध्ययनको लागि अष्ट्रेलिय उडेकी थिइन् । काठमाण्डौकी सिना थापा मगर । रहरै रहरमा अष्ट्रेलिया आइपुगेकी उनी अहिले त्यहीँ माटोमा भिजेको बताउँछिन् । हरेक मानिसको जीवन उतारचढावसँगै सङ्घर्ष जरुरीहुन्छ । र तपाई हाम्रो जिवनमा पनि भएको यहि नै हो ।
अष्ट्रेलिया आएको केही समयसम्म उनले निकै दुःख गर्नुपर्यो । संघर्षको सुरुवातमै उतारचढाब भोग्नुप¥यो । विद्यार्थी कालमा गरेको सङ्घर्षले उनी आजको स्थानमा पुगेको बताउँछिन् । हाल उनी आफ्नो अध्ययन सकेर अष्ट्रेलियकै प्रतिष्ठित अस्पतालमा नर्स इन्चार्ज छिन् । सफलता र सङ्घर्ष एक सिक्काका दुई पाटा हुन् रहेको र हिजो गरेको सङ्घर्षले आज सफलता मिलेको उनी बताउँछिन्। सानै देखि सहयोगी स्वभावकी उनी आफूले रोजेको पेसाले आफू सन्तुष्ट रहेको बताउँछिन्।
उनको सफलता र लगनशीलताले जीवनमा सफलता प्राप्त गर्न व्यक्तिगत आकाङ्क्क्षा, आत्म–निर्णय र लचिलोपन चाहिन्छ भनेर देखाउँछ। आफ्नो काम सँगसँगै उनी समाजसेवामा पनि उत्तिकै सक्रिय छिन। केही महिना अघि भएको एनआरएनए नारी निकुञ्जमा उनी सदस्यमा चुनिएकी छिन। आगामी दिनहरूमा कामसँगै समाजसेवालाई पनि निरन्तरता दिने उनको योजना छ। सामाजिक सेवामा उनको समर्थन र सङ्घर्षले उनलाई एक अनौठो पहिचान प्रदान गरेको छ। उनी आफ्नो आगामी योजनामा पनि समाजसेवा, शिक्षा, र स्वास्थ्यका क्षेत्रमा योगदान गर्ने यो दृष्टिकोणमा छिन्।
सिना थापा मगरको सफलता र सङ्घर्षले नेपाली युवाहरूलाई एक प्रेरणा मिल्छ र उनीहरूलाई आफ्नो लक्ष्यहरूमा पुग्न सहयोग मिल्छ। उनीहरूलाई आ–आफ्नो क्षेत्रमा योगदान गर्न र व्यक्तिगत र सामूहिक वृद्धिको लागि प्रयास गर्न प्रोत्साहित गर्दछ। विद्यार्थी कालमा गरेको सङ्घर्षले उनी आजको स्थानमा पुगेको बताउँछिन्।