काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सचिवालय सचिवका लागि विज्ञापन गरेकी छिन् । बिहीबार सामाजिक सञ्जालबाट सूचना प्रकाशन गर्दै उनले ५ दिनभित्र आवेदन दिन आग्रह गरेकी छिन् ।
अन्तराष्ट्रिय सम्बन्ध विषयमा स्नातक गरेको, समसामयिक राजनीतिक विषयमा जानकार भएको, सूचना प्रविधि सम्बन्धी आधारभूत ज्ञान सिप र दक्षता भएको, कानुनी अध्ययन र अनुसन्धानमा रुचि भएको,नेपाली र अंग्रेजी भाषामा राम्रो दख्खल भएको,विषम परिस्थितिमा समेत काम गर्न अभिप्रेरित,इमानदारिता, सदाचारिता र नैतिकता भएको,नेपाली टाइप एवं सामान्य डिजाइन गर्न सक्ने मापदण्ड तोक्दै कर्मचारी माग गरेकी हुन् ।
निर्धारित मिति र समय भित्र आएका आवेदनहरु मध्ये प्रारंम्भिक चरणमा छनौट भएका आबेदकलाई मात्र लिखित परिक्षाको लागि जानकारी गराइने,
लिखित, मौखिक र प्रयोगात्मक परिक्षामा सामेल भएका उम्मेदवारलाई उत्कृष्टताको आधारमा छनौट गरिने विज्ञापनमा जनाइएको छ।
आवेदन पठाउने ठेगाना [email protected] रहेको छ।