प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीआरसी विधेयक सहमतिमै पास हुनुपर्ने बताएका हुन्। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को सिंहदरबारमा सोमबार बिहान बसेको संसदीय दलको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग सम्बन्धि विधेयक यही अधिवेशनबाट सहमतिमा पास हुने उल्लेख गरेका हुन्।
सोमबारदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनबाट सरकारले शान्ति प्रक्रियासँग सम्बन्धित ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टीआरसी) २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ पारित गर्ने मुख्य लक्ष्य राखेको छ । उक्त विधेयक गत फागुन २५ गते प्रतिनिधि सभामा दर्ता भएको थियो ।