spot_img

बेलायतका १०० प्रभावशाली व्यक्तिको सूचीमा सुजन

spot_img

गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल सन् २०२५ का लागि बेलायतको एक सय प्रभावशाली व्यक्ति बन्न सफल भएका छन्।

बेलायतको अवार्ड इन्टेलिजेन्सले हरेक वर्ष समेट्ने बेलायतका एक सय प्रभावशाली व्यक्तिको विजेता सूचीमा कटुवाल समेटिएका हुन्।

कटुवालले पटकपटक गरी दुई लाख ५० हजारभन्दा बढी घरबारविहीनलाई खाना उपलब्ध गराएको र पूर्वबेलायती सेनाको मानसिक स्वास्थ्य सेवा सहयोगार्थ ६ हजार माइल पैदलयात्रा गरी मानवीय सेवामा महत्त्वपूर्ण भूमिका खेलेकाले सय प्रभावशाली व्यक्ति चुनिएको इन्टेलिजेन्सले जनाएको छ।

सो सूचीमा बेलायतको समाजसेवामा महत्त्वपूर्ण भूमिका खेल्ने सरकारी अधिकारी, समाजसेवीदेखि प्रोफेसर एवं चिकित्सकहरू समेत छन्।

कटुवाल बेलायतको साउथ लन्डनस्थित पानस गोर्खा रेस्टुरेन्टका सञ्चालक हुन्। बेलायतमा दर्ता भएको परोपकारी संस्था ‘कम्ब्याट स्ट्रेस’ को सहयोगार्थ कटुवालले दुई पटक ६ हजार माइलको पैदल यात्रा गरेका थिए। गैरसरकारी संस्था कम्ब्याट स्ट्रेसले सेवा निवृत्त सैनिकलाई मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउँछ।

त्यस्तै कटुवालले कोरोनाका कारण संकटमा परेकाहरूलाई निःशुल्क खाना उपलब्ध गराएका थिए। पानस हेल्पिङ ह्यान्ड्स च्यारिटीसमेत सञ्चालन गरिरहेका कटुवालले कोभिड लकडाउनका समयमा एक लाखभन्दा बढी स्वास्थ्यकर्मी तथा घरविहीन मानिसलाई निःशुल्क खाना उपलब्ध गराएर सिटी अफ लन्डनबाट ‘फ्रिडम अफ द सिटी अफ लन्डन’ अवार्ड पाएका थिए।

उनले सञ्चालन गरेको सामाजिक संस्था हेल्पिङ ह्यान्ड्सले ‘प्वाइन्ट्स अफ लाइट’ अवार्ड समेत जित्न सफल भएको थियो।

नेपालको विराटनगरमा जन्मिएका कटुवाल सन् १९९८ मा बेलायत गएका हुन्।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img